ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

मधेश प्रदेशमा मुख्यमन्त्री यादवद्वारा दोस्रोपटक मन्त्रिपरिषद् विस्तार

२०७९ माघ, २२  
मधेश प्रदेश
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

जनकपरधाम । मधेश सरकार गठन भएको दुई हप्तापछि मुख्यमन्त्री सरोजकुमार यादवले दोस्रोपटक सरकार विस्तार गरेका छन् । मुख्यमन्त्री यादवले शुक्रवार ६ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका हुन् ।

शिक्षा, विज्ञान तथा वाणिज्यमन्त्रीमा जनमत पार्टीका महेशप्रसाद यादव, सामाजिक विकासमन्त्रीमा जसपाकी सुरिता साह, गृह तथा सञ्चारमन्त्रीमा नेकपा एमालेका शत्रुधनप्रसाद सिंह, खानेपानी तथा ऊर्जा विकासमन्त्रीमा जसपाका सिंहासन कलवार, कानून न्याय तथा प्रदेश मामिलामन्त्रीमा नेकपा एमालेका राजकुमार लेखी र महिला तथा बालबालिका, युवा तथा खेलकुदमन्त्रीमा जसपाका मोहम्मद जयद खाँ आलम नियुक्त भएका छन् ।

यसैगरी जसपाका शेख अब्दुल कलाम आजाद सामाजिक विकास राज्यमन्त्री, एमालेका केशव राय गृह तथा सञ्चार राज्यमन्त्री र जनमत पार्टीका सञ्जयकुमार यादव भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री बनेका छन् । प्रदेश सरकार दोस्रोपटक विस्तार भए पनि पूर्णता भने पाउन अहिले केही दिन अझै लाग्ने भएको छ ।

प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाहेक १० मन्त्रालय छन् । यसअघि  मुख्यमन्त्री यादवले भौतिक पूर्वाधार विकासमन्त्रीमा एमालेका संसदीय दलका नेता सरोज यादव, अर्थमन्त्रीमा जसपाका सासद सञ्जयकुमार यादव र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा जनमत पार्टीका सासद वसन्त कुशवाहलाई नियुक्त गरिसकेका छन् । प्रदेशमा अहिले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा मन्त्री नियुक्त हुन बाँकी रहेको छ ।

मधेश प्रदेशमा नेकपा माओवादी केन्द्र भने सहभागी भएको छैन । माओवादीले मधेश प्रदेशमा दुई मन्त्रालय मागेको थियो । तर एउटा मन्त्रालय (उद्योग, पर्यटन तथा वन मन्त्रालय) मात्र दिने बताइएपछि उक्त पार्टी सरकारमा सहभागी नभएको हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)