ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

उद्योग संगठन मोरङका प्रतिनिधि र अमेरिकी राजदूतबीच भेटवार्ता

२०७९ माघ, २२  
कोशी प्रदेश
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

विराटनगर । उद्योग संगठन मोरङका प्रतिनिधि र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्सनबीच भेटवार्ता भएको छ । उद्योग संगठन मोरङमा भएको भेटवार्तामा नेपाल–अमेरिका व्यापारका विविध आयाम र द्विपक्षीय व्यावसायिक हितका सम्बन्धमा छलफल भएको छ ।

छलफलमा संगठनका अध्यक्ष सुयश प्याकुरेलले अमेरिकाले नेपाललाई सहुलियतपूर्ण प्रवेशको अनुमति दिएका ७७ वस्तुको सूची पुनरवलोकन गरिनुपर्ने बताए । दीर्घकालीन महत्त्व राख्ने परियोजना अन्तर्गत जलाशययुक्त विद्युत् आयोजना र जलमार्ग विकासमा लगानी गर्न अमेरिकी सरकारलाई उनले आग्रह गरे । त्यसैगरी अमेरिकाले प्रयोगमा ल्याएका नवीनतम प्रविधि नेपालका उद्योग व्यवसायको प्रतिस्पर्धी क्षमता र उत्पादकत्व अभिवृद्धिका लागि भित्र्याउन सहजीकरणका लागि समेत उनले अनुरोध गरे ।

नेपालका लागि अमेरिकी राजदूत थम्सनले नेपाल र अमेरिकाबीचको व्यावसायिक विस्तारका लागि आफू सधैं सकारात्मक रहेको बताए । अमेरिकाले सहुलियतपूर्ण निकासीका लागि अनुमति दिएका वस्तुको सूचीलाई पुनरवलोकन गर्न पहल गर्ने भन्दै उनले नेपाल–अमेरिका व्यापार सहजीकरणका लागि आफूले पहल गर्ने उनले बताए । सो अवसरमा उनले उद्योग संगठन मोरङमा रहेको अमेरिकन कर्नरको अवलोकन गरी विराटनगरमा रहेका अलुम्नाईहरूसँग अन्तरक्रिया समेत गरेका थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)