ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

दुग्ध पदार्थको आयात रोक्न माग

२०७९ माघ, २२  
बागमती प्रदेश
Tvs Raider Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । चितवनका दुग्ध उत्पादक किसानले दुग्ध पदार्थको आयात रोक्न माग गरेका छन् । भरतपुरमा जारी राष्ट्रिय व्यावसायिक पशुपालन तथा दुग्ध उत्पादक कृषक समाज नेपालको तेस्रो साधारणसभा तथा अधिवेशनमा कृषिमन्त्री ज्वालाकुमारी साहसमक्ष उनीहरूले आयात रोकी कच्चापदार्थको मूल्य घटाउनुपर्ने माग गरेका हुन् । उपभोक्ताको हितलाई समेत ध्यानमा राख्दै कच्चापदार्थ र दानाको मूल्य घटाए आफूहरूले दूधको मूल्य वृद्धि नगर्ने समेत प्रतिबद्धता समेत उनीहरूले व्यक्त गरे ।

सो अवसरमा कार्यपत्र प्रस्तुत गर्दै समाजका केन्द्रीय अध्यक्ष आनन्द न्युरेले दूध र दुग्ध वस्तुको आयात पूर्ण रूपमा रोक्नुपर्नेमा जोड दिए । जिल्ला दुग्ध उत्पादक सहकारी लिमिटेड चितवनका अध्यक्ष किशोर बगालेले सरकारको नीति कार्यान्वयन फितलो भएको बताए । उनले गैरकिसानको सुविधा बन्द गर्नुपर्ने भन्दै सार्वजनिक खरीद ऐन सच्याउन समेत माग गरे ।

कार्यक्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले कृषि क्षेत्रको समस्या समाधानका लागि सरकार तयार रहेको बताइन् । कृषि क्षेत्रमा देखिएको समस्या समाधानका लागि आयात प्रतिस्थापन गर्नुपर्ने उनको भनाइ छ । ‘आयात नियन्त्रणका लागि नाकाहरूमा प्रयोगशाला र चेकजाँचको माध्यमबाट सरकार कडाइका साथ लाग्छ,’ उनले भनिन् ।

कृषि क्षेत्रमा लगानी अनुसार मूल्य नपाउँदा युवाहरू विदेशिनुपरेको मन्त्री साहले बताइन् । यसको नियन्त्रणका लागि स्वदेशमै युवा लक्षित कृषि कार्यक्रम ल्याउने योजनामा सरकार रहेको उनले बताइन् । कृषि क्षेत्रमा राज्यले नेतृत्व र नियन्त्रण गर्न नसके अझै समस्या आउने उनको भनाइ छ ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, बागमती प्रदेशसभा सदस्य तथा बागमती प्रदेशका मन्त्री, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, नेपाल डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहाल, समाजका सल्लाहकार भेषराज पाण्डे, समाजका प्रवक्ता हरि अधिकारी लगायतले राज्यले किसान आयोगलाई संवैधानिक आयोगको मान्यता दिँदै समस्या समाधान गर्नुपर्ने बताएका थिए  ।

माघ २३ गतेसम्म चल्ने अधिवेशनले चारवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । अधिवेशनमाफत प्रदेश संयोजकसहित ९९ सदस्यीय नयाँ नेतृत्व चयन गरिनेछ । ३२ जिल्लामा समाजका शाखा छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)