ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

अब भूमि व्यवस्थापन र जग्गा प्रशासन सम्बन्धी विषय विश्वविद्यालयमा पढाइ हुने

२०७९ माघ, २२  
समाचार घरजग्गा
Tvs Raider Image Not Found

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमि प्रशासनका विभिन्न विधामा अनुसन्धान, जनशक्ति उत्पादन तथा नवीन अवधारणाको प्रयोगमा काठमाडौं विश्वविद्यालयसँग सहकार्य बढाउने भएको छ ।

मन्त्रालयको नेतृत्व र विश्वविद्यालयका पदधिकारीबीचको भेटमा त्यससम्बन्धी विषयमा सहकार्य बढाउने सहमति भएको हो ।

सो अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले भूमि प्रशासनका विषयमा अध्ययन अनुसन्धान गर्नु आवश्यक भएकाले काठमाडौं विश्वविद्यालयको सहयोग आवश्यक रहेको बताए ।

मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले विश्वविद्यालयबाट मन्त्रालयको सहकार्यमा जियोमेट्रिक इन्जिनियरिङ विषयमा पढाइ भइरहे पनि भूमि प्रशासन बहुविधायुक्त क्षेत्र भएको हुँदा अन्य विधामा समेत सहकार्यको सम्भावना रहेको उल्लेख गरे ।

विश्वविद्यालयका उपकुलपति भोला थापाले मन्त्रालयसँग सहकार्य गर्न इच्छुक रहेको बताए । रजिस्ट्रार अच्युत वाग्लेले विश्वविद्यालय र सरकारबीच निरन्तर सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)