ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

आँधिखोला लघुवित्तको नाफा यो वर्ष ५४ % घट्यो, यस्तो छ कारण

२०७९ माघ, २३  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा गत वर्षको दोस्रो त्रैमाससम्मको तुलनामा यस वर्षको सोही अवधिसम्म ५४ प्रतिशत कम भएको छ । 

गत वर्ष रू. २ करोड ४६ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष रू. १ करोड १२ लाखभन्दा बढी मात्र खुद नाफा गरेको हो । यस वर्ष कम्पनीको खुद ब्याज आम्दानी २१ दशमलव ६६ प्रतिशत कम हुनु सम्भावित जोखिम शिर्षकमा २७ दशमलव ४५ प्रतिशत बढी रकम छुट्याउनु र खराब कर्जा संकलन पनि गत वर्षभन्दा कम हुनु लगायतका कारणले कम्पनीको खुद नाफा घट्न पुगेको हो ।

गत वर्ष रू. ३ करोड ९९ लाखभन्दा बढी रहेको खुद ब्याज आम्दानी यस वर्ष रू. ३ करोड १२ लाखभन्दा बढी मात्र भएको हो । त्यस्तै गत वर्ष रू. ७२ लाखभन्दा बढि मात्र सम्भावित जोखिम शिर्षकमा रकम छुट्याएकाे र यस वर्ष रू. ९१ लाखभन्दा बढी रकम छुट्याएको छ । गत वर्ष रू. १ करोड ७६ लाखभन्दा बढी खराब कर्जा संकलन गरेको कम्पनीले यस वर्ष रू. ९९ लाखभन्दा बढी मात्र खराब कर्जा उठाएको हो । सञ्चालन नाफा गत वर्षभन्दा करिब ६३ प्रतिशत कम रू. ७९ लाख ९४ हजार भएको छ ।

हाल कम्पनीको चुक्तापूँजी रू. ११ करोड ९० लाख रहेको छ भने जगेडा कोष रकम रू. ८ करोड ४९ लाखभन्दा बढी छ । कम्पनीले यस वर्ष गत वर्षभन्दा २१ दशमलव ३३ प्रतिशत कम रू. ७७ करोड ६१ लाख कर्जा सापटी लिएको छ भने करिब १८ प्रतिशत बढी रू. १ अर्ब ४४ करोड ५२ लाख कर्जा प्रवाह गरेको छ । यस अवधिमा कम्पनीले गत वर्षभन्दा १६ दशमलव ४४ प्रतिशत बढी रू. ४९ करोड २३ लाख निक्षेप संकलन गरेको छ ।

गत वर्ष शून्य दशमलव ६० प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष ४ दशमलव ९१ प्रतिशत पुगेको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. १८ दशमलव ९८ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १७१ दशमलव ३८ रहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)