ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

५० करोडभन्दा बढीको विद्युत् विक्री गरेको सानिमा माई हाइड्रोपावरको नाफा करीब ३३ करोड 

२०७९ माघ, २३  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. ५० करोड ४९ लाखभन्दा बढीको विद्युत विक्री गरेको छ । गत वर्षको यसै अवधिसम्मको तुलनामा कम्पनीको विद्युत विक्री १२ दशमलव ४३ प्रतिशत कम भएको हो ।

गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ५७ करोड ६५ लाखभन्दा बढीको विद्युत् विक्री गरेको थियो । यस वर्ष विद्युत् विक्री आम्दानी घटेसँगै कम्पनीको खुद नाफामा पनि कमि आएको छ । गत वर्ष रू. ३७ करोड १४ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष ११ दशमलव ३६ प्रतिशत कम रू. ३२ करोड ९२ लाखभन्दा बढी मात्र खुद नाफा गरेको हो ।

कम्पनीको वित्तीय खर्च गत वर्षभन्दा १३ प्रतिशत कम रू. ६ करोड ३६ लाखभन्दा बढी भएको छ । हाल रू. ३ अर्ब ८ करोड ९२ लाखभन्दा बढी चुक्तापूँजी रहेको कम्पनीको रिटेन्ड अर्निग रू. १ अर्ब ८८ करोडभन्दा बढी र जगेडा कोष रू. ५ अर्ब २८ करोडभन्दा बढी कायम भएको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी रू. १० दशमलव ६६ र प्रतिशेयर नेटवर्थ रू. १७१ दशमलव १९ रहेको छ ।    

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)