ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

सुनमा नयाँ रेकर्डको पाँचौं दिन बढ्यो सुनको भाउ

२०७९ माघ, २३  
बजार
Tvs Raider Image Not Found
फोटो : सुनिल शर्मा/ आर्थिक अभियान
author avatar अभियान संवाददाता

काठमाडौं । सुनमा नयाँ रेकर्ड कायम भएपछि लगातार घटिरहेको मूल्य पाँचौं दिन बढेको छ । गत बिहीवार सुनको भाउ सर्वाधिक कायम भएयता पहिलोपटक मूल्य बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार सुनको भाउ तोलामा ५०० रुपैयाँ बढेर १ लाख ४ हजार ६०० रुपैयाँ कायम भएको छ । गत आइतवार सुनको मूल्य तोलाको १ लाख ४ हजार १०० रुपैयाँ तोकिएको थियो ।  त्यसअघि शुक्रवार एकैदिन तोलामा १ हजार ४०० र आइतवार तोलामा २ हजार रुपैयाँ घटेको थियो । गत बिहीवारयता सुनको भाउ तोलामा २९ सय रुपैयाँ घटेको छ । 

आज चाँदीको मूल्य भने स्थिर छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी तोलाको १ हजार ३२० रुपैयाँ कायम भएको छ । अघिल्लो पनि दिन सोही मूल्यमा कारोबार भएको थियो । 

अन्तरराष्ट्रिय बजारमा भने आज सुनको मूल्य बढ्दो क्रममा छ । आज बजार खुलेसँगै ० दशमलव ५९ प्रतिशतले बढिसकेको छ । आज (नेपाली समय अनुसार बिहान ११:२१ बजे) न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ८७६ दशमलव १३ डलर पुगेको छ । अघिल्लो कारोबार दिन (शुक्रवार) बजार बन्द हुँदा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ८६५ दशमलव १४ डलर थियो ।

आज डलरको मूल्य पनि स्थिर छ । आज एक अमेरिकी डलरको विक्रीदर १३१ रुपैयाँ २३ पैसा कायम भएको छ । अघिल्लो दिन‌ एक अमेरिकी डलरको विक्रीदर १३१ रुपैयाँ २३ पैसा थियो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)