ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

उपकार लघुवित्तले फागुन १८ गते बोलायो साधारण सभा 

२०७९ माघ, २३  
लगानी
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन १८ गते चौथो वार्षिक साधारण सभा बोलाएको छ । माघ २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सामुदायिक होमस्टे, बाँकेमा सभा गर्ने निर्णय गरेको छ ।

कम्पनीले नेप्सेमार्फत सार्वजनिक गरेको सूचनामा सभाको समय भने उल्लेख गरेको छैन । सभाले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ ।

यस वर्ष कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. ६ करोड ५६ लाख २५ हजारको आधारमा ६१ दशमलव ७५ प्रतिशत बोनस शेयर र ३ दशमलव २५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । साथै संस्थापकतर्फबाट दुई जना र सर्वसाधारणतर्फबाट दुई जना गरी चार सञ्चालक निर्वाचनको कार्यक्रम समेत सभाका लागि तय भएको छ ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि फागुन ४ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा फागुन ३ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)