काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखहरूको विलम्ब शुल्क शतप्रतिशत छूटसहितको पुनर्जागरण अभियान शुरू गरेको छ । माघ २३ गतेदेखि शुरू भएको उक्त अभियान फागुन १५ गतेसम्म सञ्चालन हुने कम्पनीले बताएको छ ।
पुनर्जागरण अभियानअन्तर्गतको उक्त छूट दुई वर्ष वा सोभन्दा कम समय व्यतीत भएका बीमालेखको हकमा मात्र लागू हुनेछ । बीमालेख अवधिभित्र एकपटक मात्र ब्याज छूटको सुविधा प्रदान गरिने कम्पनीले बताएको छ ।
कुनै पनि बीमालेख व्यतीत रहँदा बीमितले रक्षावरण गुमाउनुका साथै विलम्ब शुल्क पनि बेहोर्नुपर्ने हुनाले यो मौकाको फाइदा लिई बीमालेख नवीकरण गर्न कम्पनीले ग्राहकलाई अनुरोध गरेको छ ।