रङ्गरोगनपश्चात् चिटिक्क परेको पाल्पाको रानीमहल दरबार । कालीगण्डकी नदीको चट्टानमाथि बनेको यो दरबारलाई नेपालकै ताजमहलका नामले चिनिन्छ । रानीमहल दरबारलाई प्रेमको प्रतीकका रुपमा लिइन्छ । यसलाई भारतको ताजमहलसँग तुलना गरिन्छ । पाल्पा जिल्लाको तानसेनदेखि करीब १३ किलोमिटर उत्तर कालीगण्डकी नदीको किनारमा अवस्थित उत्तरी मुख फर्काएर बनाइएको ऐतिहासिक दरवारमा आकर्षक कलाकृति देख्न सकिन्छ । तस्वीर : रासस