ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

बम्पर लाभांश पारितका लागि उपकार लघुवित्तले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

२०७९ माघ, २४  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले चौंथो वार्षिक साधारण सभा फागुन १८ गते गर्ने भएको छ ।

साधारण सभा बाँकेको बैजनाथ-१ स्थित गाभर भ्याली सामुदायिक होमस्टेमा उक्त दिन बिहान १० बजे शुरु हुने कम्पनीले जानकारी दिएको छ । सभाले बम्पर लाभांश प्रस्ताव पारित गर्ने भएको छ । कम्पनीका अनुसार सभाले ६१ दशमलव ७५ प्रतिशत बोनस शेयर र करसमेत गरेर ३ दशलमव २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै सभाले गत आवको वार्षिक प्रतिवेदन, चालू आवको लेखापरीक्षणको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन ४ गते बुक क्लोज गर्ने जानकारी दिएको छ । बुक क्लोजको आधारमा फागुन ३ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)