ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

साहस उर्जाको नाफा ३७ प्रतिशत घट्यो, अन्य सूचक कस्तो ?

२०७९ माघ, २४  
लगानी
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । साहस उर्जा लिमिटेडले चालू आर्थिक वर्ष (आव)को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ३७ दशमलव २६ प्रतिशत घटेको छ । कम्पनीले गत आवमा रू. ३४ करोड ४२ लाख नाफा कमाएकोमा चालू आवमा घटेर रू. २१ करोड ५९ लाखमा झरेको हो ।

चालू आवमा कम्पनीको आम्दानीमा कमी आएकाले नाफा घटेको हो । गत आवमा कम्पनीको कुल आम्दानी रू. ३४ करोड ५९ लाख रहेकोमा चालू आवमा रू. २१ करोड ७७ लाखमा सीमित भएको हो ।

त्यस्तै कम्पनीको प्रतिशेयर आम्दानी रू. १२ दशमलव ३४ (वार्षिक), मूल्य आम्दानी अनुपात ४६ दशमलव ०२ गुणा, तरलता अनुपात शून्य दशलमव ४१ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १६४ दशमलव १८ रहेको छ । कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब ५० करोड रहेको छ ।

कम्पनीद्वारा प्रवर्द्धित सोलुखोला जलविद्युत आयोजना ८६ मे.वा. आन्तरिक परीक्षणको क्रममा रहेको हुँदा विद्युत विक्रीबाट आम्दानी नभएको कम्पनीले जानकारी गराएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)