ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

२०७९ माघ, २४  
बजार
Tvs Raider Image Not Found
फोटो : सुनिल शर्मा/ आर्थिक अभियान
author avatar अभियान संवाददाता

काठमाडौं । सोमवार स्थिर रहेको सुनको भाउ मंगलवार (आज) स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार आज सुन तोलाको १ लाख ४ हजार ६०० रुपैयाँ कायम भएको छ । सोमवार पनि सुन प्रतितोला १ लाख ४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । 

त्यसैगरी आज चाँदीको मूल्य पनि स्थिर छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी तोलाको १ हजार ३२० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो । 

अन्तरराष्ट्रिय बजारमा भने आज सुनको मूल्य बढ्दो क्रममा छ । आज बजार खुलेसँगै सुनको भाउ ० दशमलव ३१ प्रतिशतले बढिसकेको छ ।

आज (नेपाली समय अनुसार बिहान १०:५५ बजे) न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ८७४ दशमलव ०४ डलर पुगेको छ । सोमवार बजार बन्द हुँदा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ८६८ दशमलव ३० डलर थियो ।

त्यसैगरी आज डलरको मूल्य पनि बढेको छ । आज १ अमेरिकी डलरको विक्रीदर १३२ रुपैयाँ ६७ पैसा कायम भएको छ । अघिल्लो दिन‌ १ अमेरिकी डलरको विक्रीदर १३१ रूपैयाँ २३ पैसा थियो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)