ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

किन घट्यो किसान लघुवित्तको खुद नाफा ?

२०७९ माघ, २४  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव)को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ९६ दशमलव ५० प्रतिशत घटेको छ । कम्पनीले गत आवमा रू. ४ करोड ५२ लाख नाफा कमाएकोमा चालू आवमा घटेर रू. १५ लाख ८२ हजारमा झरेको हो ।

चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी घटेकाले र सञ्चालन नाफा घटेकाले नाफा प्रभावित भएको हो । गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी ३३ प्रतिशत  घटेको छ ।

त्यस्तै कम्पनीले गत वर्ष सम्भावित जोखिम बापतको व्यवस्थामा रू. ४ करोड ४ लाख छुट्याएकोमा चालू आवमा रू. ६ करोड ७ लाख छुट्याएको छ । सम्भावित जोखिम बापतको व्यवस्थामा धेरै रकम छुट्याउँदा कम्पनीको सञ्चालन नाफा रू. ४ करोड १९ लाख ऋणात्मक रहेको छ । 

कम्पनीको चुक्तापूँजी रू. ४७ करोड १३ लाख रहेको छ भने चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. ३५ करोड २२ लाख सञ्चित गरेको छ । कम्पनीले रू. ४ अर्ब ७४ करोड सापटि लिएर,रू. १ अर्ब ४३ करोड  निक्षेप संकलन गरेर रू. ६ अर्ब ७४ करोडभन्दा बढी कर्जा लगानी गरेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी रू. शून्य दशमलव ६७(वार्षिक), तरलता अनुपात ३ दशमलव ८७ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १७४ दशमलव ७२ छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)