ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

६ महीनामा युनाईटेड इदी मर्दीले कमायो २ करोड ७६ लाखभन्दा बढी नाफा

२०७९ माघ, २७  
लगानी
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । युनाईटेड इदी मर्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले चालू आर्थिक वर्ष (आव)को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा रू.२ करोड ७६ लाख नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा भने ४२ प्रतिशत कम हो ।

चालू आवमा कम्पनीको वित्तीय खर्चमा वृद्धि र विद्युत विक्री आम्दानी घटेकाले नाफा प्रभावित भएको हो । विद्युत विक्री आम्दानी गत आवको तुलनामा चालू आवमा ७ दशमलव ९९ प्रतिशत घटेको छ । कम्पनीले गत आवमा विद्युत् विक्रीबापत रू. ११ करोड ८ लाख आम्दानी गरेकोमा चालू आवमा रू. १० करोड २० लाखमा सीमित भएको छ ।

त्यस्तै कम्पनीको वित्तीय खर्च गत आवको तुलनामा चालू आवमा ३८ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीको वित्तीय खर्च रू. ३ करोड ८२ लाख रहेकोमा चालू आवमा बढेर रू. ५ करोड २८ लाख पुगेको हो । 

कम्पनीको चुक्तापूँजी रू. ४२ करोड रहेको छ । कम्पनीले जगेडामा रू. ३ करोड ५७ लाख सञ्चित गरेको छ । चालू आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. १३ दशमलव १५, मूल्य आम्दानी अनुपात ३७ दशमलव ६४ गुणा र प्रतिशेयर नेटवर्थ रू. १०८ दशमलव ५२ छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)