ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

वित्तीय खर्चसँगै अपर तामाकोशीको नोक्सानी बढ्यो

२०७९ माघ, २९  
लगानी
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेड चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. ८२ करोड ४८ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको छ ।

गत वर्ष यस अवधिसम्म रू. ३३ करोड ५ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीको यस वर्ष वित्तीय खर्च बढ्दा खुद नोक्सानी बढेको हो । गत वर्ष रू. २ अर्ब २० करोडभन्दा बढी रहेको वित्तीय खर्च यस वर्ष रू. ३ अर्ब ६४ करोडभन्दा बढी भएको छ ।

गत वर्षभन्दा यस वर्ष कम्पनीले विद्युत् विक्रीबाट ३६ दशमलव ७१ प्रतिशत बढी रू. ४ अर्ब ९८ करोडभन्दा बढी आम्दानी गरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १० अर्ब ५९ करोड रहेको छ ।

जगेडा कोष रकम भने रू. ३ अर्ब ९८ करोड ३९ लाखभन्दा बढी ऋणात्मक रहेको छ । वार्षिक प्रतिशेयर नोक्सानी रू. १५ दशमलव ५८ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ६२ दशमलव ३८ रहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)