काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
विवरणअनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्म रू. १० करोड ६६ लाख नाफा कमाएको हो । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा ३ दशमलव ६२ प्रतिशतले वृद्धि भएको छ ।
कम्पनीले गत आवमा रू. १० करोड २९ लाख नाफा कमाएको थियो । चालू आवमा कम्पनीको आम्दानीमा वृद्धि भएको छ । गत आवको तुलनामा चालू आवमा कम्पनीको आम्दानी ६ प्रतिशत वृद्धि भएको छ ।
गत आवमा रू. १८ करोड आम्दानी गरेको कम्पनीले चालू आवमा रू. १९ करोड १२ लाख कमाएको छ । चुक्तापूँजी रू. १ अर्ब ३२ करोड रहेको कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्म जगेडामा रू. ३४ करोड १६ लाख सञ्चित गरेको छ ।
त्यस्तै बीमा कोषमा रू. १ अर्ब २० करोड रहेको छ । कम्पनीले कुल रू. १ अर्ब २० करोड ३८ लाख बीमा शुल्क आर्जन गरेको छ । यो बीमा शुल्क गत आवमा रू. १ अर्ब २० करोड थियो ।
चालू आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. १६ दशमलव ०८, मूल्य आम्दानी अनुपात ४२ दशमलव ४१ गुणा, तरलता अनुपात २ दशमलव ९० प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. २२१ दशमलव १५ रहेको छ ।