ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

चैत ८ गते साधारण सभा गर्दै नाडेप लघुवित्त

२०७९ फागुन, ११  
लगानी
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत ८ गते आठौं वार्षिक साधारण सभा बोलाएको छ ।

फागुन १० गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले नौबिसे एग्रो रिसार्ट, धादिङमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको छ । सभाले गत आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुंग्याउनेछ ।

आगामी दिनमा कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।

यस वर्ष कम्पनीले लाभांश वितरण गर्ने छैन । कम्पनीलाई डिप्रोक्स लघुवित्त वित्तीय संस्थासँग प्राप्ति सम्झौता बदर गरेकाले अर्को कुनै वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा नगएसम्म लाभांश वितरणमा नेपाल राष्ट्र बैंकले रोक लगाएको छ ।

कम्पनीले गत वर्षको मुनाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो । राष्ट्र बैंकको निर्देशनबमोजिम कम्पनीले प्रस्तावित लाभांश रद्द गरेको हो ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन २१ गते एक दिन बुक क्लोज गर्ने भएको छ । यसको आधारमा फागुन १८ गते बिहीवारसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन योग्य हुनेछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)