ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

लघुवित्त अनावश्यक नै हो ?

२०७९ फागुन, १२  
पाठक विचार
Tvs Raider NA

अहिले लघुवित्तले गर्दा सबै थोक बिग्रिएको जस्तो गरी समाचार आइरहेका छन् । लघुवित्तले बलजफ्ती ऋण भिडाएको र सम्पत्ति हडप्न आँटेको जस्तो चित्रण गरिएको छ । तर, यसको उद्देश्य राम्रो थियो । राम्रो उद्देश्यले थालिए पनि जब बैंकहरूलाई अलग लघुवित्त खोल्न दिइयो त्यसपछि यो क्षेत्र गरीबी निवारण होइन, धन आर्जन गर्ने माध्यम बन्यो । त्यसैले अहिले यसको व्यापक विरोध भइरहेको छ ।

मुलुकमा रोजगारीका अवसर न्यून छन् । सानोतिनो भए पनि व्यापार–व्यवसाय गर्ने र दुई–चार पैसा कमाउने रहर सबैमा हुन्छ । सजिलै कर्जा नपाउँदा ती रहर पूरा गर्न मीटरब्याजीको फन्दामा पर्नेहरूको संख्या निकै ठूलो छ । यस्ता मीटरब्याजीबाट विपन्नहरूलाई लघुवित्तले नै जोगाएको छ ।

लघुवित्तले व्यावसायिक बनेर आफ्नो मर्मअनुसार नै काम गर्ने हो भने मीटरब्याजीको जालोबाट विपन्नलाई मुक्त पार्न पनि सकिन्छ । तर, लघुवित्त यसो गर्न चुकिरहेका छन् ।

ऋणीका आरोपमाथि एकैछिन मात्र घोत्लिने हो भने अनेकन आशंका उब्जिन्छन् । लघुवित्त वित्तीय संस्था र तिनका कर्मचारीलाई व्यापार विस्तार गर्न तीव्र दबाब छ ।

लघुवित्तका कर्मचारीले अनेक चिल्ला कुरा गरेर विपन्नलाई समूहमा आबद्ध गराउँछन् । व्यापार विस्तारको दबाबमा रहेका लघुवित्तका कर्मचारीका कारण एकै व्यक्तिलाई जति पनि संस्थामा सदस्य बन्न बाध्य हुन्छन् । यही कारण अहिले लघुवित्तको तीव्र विरोध भइरहेको हो ।

गरीबलाई सहयोग गर्ने भनिए पनि तिनलाई नै उठीवास लगाउन लागेको आरोप लघुवित्तमाथि लगाइएको छ । अत्यधिक मुनाफाका पछाडि लाग्दा लघुवित्तमा विकृति भित्रिएको हो । यस्तो विकृति रोक्न समयमा नै नेपाल राष्ट्र बैंकले नियमन गर्न सक्नुपर्थ्यो । उसले वास्ता नगर्दा नै अहिलेको समस्या आएको हो ।

अहिले व्यापक विरोध भएपछि केही निर्देशन जारी गरेर यसलाई कस्न लागेको देखिन्छ । यसको मारमा पनि सर्वसाधारण लगानीकर्ता परेका छन् । लाभांश वितरणमा कडाइ गरेसँगै बिहीवार लघुवित्तको शेयर मूल्यमा पहिरो गयो । कैयौंले लाखौं रुपैयाँ घाटा खाए । नियामककै कारण यसरी लगानीकर्ता मर्कामा पर्नु भनेको गलत हो । त्यसैले सोचविचार गरेर सबै पक्षमा ध्यान दिएर मात्रै यस्तो निर्णय गर्नुपर्थ्यो ।

मोहन आचार्य
नयाँबानेश्वर, काठमाडौं ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)