ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

निर्यातमा फड्को मारिरहेको छुर्पी उद्योगलाई दूध अभाव, 'हरेक वर्ष अर्बमा निर्यात, माग धान्नै धौधौ'

२०७९ फागुन, १८  
समाचार
Jagdamba Supershine Image Not Found
author avatar प्रतिक्षा कँडेल

काठमाडौं । नेपाल बाट धेरै निर्यात हुने वस्तु मध्यको एक हो छुर्पी । भन्सार विभागको तथ्याकं हेर्ने हो भने पछिल्लो समय नेपाल बाट छुर्पी निर्यात निरन्तर बढिरहेको छ । आर्थिक वर्ष २०७५/७६ पछि निरन्तर रुपमा  हरेक वर्ष कम्तिमा १ अर्ब देखि पछिल्लोसमय ३ अर्ब रुपैयाँ हाराहारीसम्मको छुर्पी निर्यात भइरहेको छ ।

हरेक वर्ष निरन्तर उकालो लागिरहेको छुर्पी निर्यातमा अहिले भने  दूध अभाव चुनौती बनेको छ । किसानहरूले दूध उत्पादन नबढाउने हो भने छुर्पी उद्योग आफैले गाई पालन गर्नुपर्ने अवस्था आउने व्यवसायीहरू बताउँछन् ।

नेपालले चालू आर्थिक वर्षको ७ महीनामा १ अर्ब ६५ करोड ७५ लाख ४७ हजार रुपैयाँको छुर्पी निर्यात गरेको छ । उक्त मूल्यको ८ लाख ७३ हजार २८६ किलोग्राम छुर्पी निर्यात गरेको भन्सार विभागले जानकारी दिएको छ । गत वर्षको सोही अवधिमा नेपालले १ अर्ब ४२ करोड ५० लाख ५२ हजार रुपैयाँ बराबरको ८ लाख ८० हजार ६९३ किलोग्राम छुर्पी निर्यात गरेको थियो । अर्थात तुलना अवधिमा नेपालको निर्यात ७ हजार ४०७ किलोले घटेको छ । छुर्पी उद्योगले पर्याप्त दूध नपाउनु नै निर्यात घट्नुको मुख्य कारण भएको व्यवसायीहरू बताउँछन् ।

गत वर्षको उक्त अवधिको तुलनामा यो वर्षको सोही अवधिमा छुर्पीको निर्यात परिमाण ० दशमलव ८४ प्रतिशतले घटेपनि रकम भने १६ प्रतिशतले बढेको छ । नेपाली रुपैयाँ भन्दा डलर बलियो भएपछि निर्यातको परिमाण घटेपनि मूल्य बढेको निर्यात परिषद्का अध्यक्ष रेशम पोख्रेल बताउँछन् ।

अन्तरराष्ट्रिय बजारमा छुर्पीको माग अथाह भएको र अझै धेरै निर्यात गर्न दूध उतपादन बढाउन पर्ने उनले बताए । नेपालले शून्य भन्सारमा छुर्पी निर्यात गर्दै आएको छ । उनले भने, त्यसैले यहाँ खेर जाने दूधलाई छुर्पीको माध्यमबाट बाहिरी मुलुकमा पठाउन सकियो भने यसले किसानदेखि सिंगो राष्ट्रलाई नै अर्थतन्त्रमा सहयोग गर्ने उनले बताए । त्यसकारण यसको निर्यात अझै बढाउन किसानलाई दूध उत्पादनका लागि प्रोत्सहन गरिनु पर्ने उनको भनाइ छ ।

नेपालको छुर्पी विश्वको विभिन्न मुलुकमा निर्यात हुने गरेको छ । सबै भन्दा धेरै नेपाली छुर्पी अमेरिका निर्यात हुने गरेको छ । चालू आवको ७ महीनामा १ अर्ब ४१ करोड रुपैयाँ बराबरको ७ लाख १२ हजार ८३१ किलोग्राम छुर्पी निर्यात गरेको छ। 

त्यसैगरी दोस्रो धेरै निर्यात हुने देश हो क्यानडा । यो ७ महीनामा मात्रै क्यानेडामा १७ करोड ११ लाख ५६ हजार रुपैयाँ बराबरको ८५ हजार १२४ किलोग्राम छुर्पी निर्यात भएको छ । त्यसैगरी हङकङमा ६३ लाख ९१ हजार रुपैयाँ बराबरको ४२ हजार ३२५ किलोग्राम छुर्पी निर्यात भएको छ । नेपाल बाट छुर्पी विशेष गरी कुकुर र बिरालोको खानाका लागि निर्यात हुने गरेको पोख्रेलले बताए । 

कुन वर्ष कति निर्यात?
छुर्पी निर्यातको तथ्याङ्क हेर्ने हो भने पनि अन्तरराष्ट्रिय बजारमा यसको माग धेरै भएको देखिन्छ । आर्थिक वर्ष ०७४/७५ मा नेपालले ८५ करोड ७९ लाख ३३ हजार रुपैयाँ बराबरको ५ लाख ७६  हजार २६१ किलोग्राम छुर्पी निर्यात गेको थियो । आर्थिक वर्ष ०७५/७६ मा पहिलोपटक अर्ब भन्दा बढी रुपैयाँ बराबरको छुर्पी निर्यात भएको थियो । ०७५/७६ मा १ अर्ब ५ करोड २८ लाख ७६ हजार रुपैयाँ बराबरको ६ लाख ३६ हजार ३४० किलोग्राम छुर्पी निर्यात भएको थियो । ५ वर्षमा निर्यात भएको छुर्पीको परिमाण (किलोग्राम) र मूल्य (रु. हजार)

त्यसैगरी, आर्थिक वर्ष ०७६/७७ मा नेपालले १ अर्ब २२ करोड ८३ लाख ५६ हजार रुपैयाँ बराबरको ७ लाख १७ हजार २६४ किलोग्राम छुर्पी निर्यात गरेको थियो । आर्थिक वर्ष ०७७/७८ मा नेपालले १ अर्ब ९६ करोड ५० लाख ४६ हजार रुपैयाँ बराबरको १२ लाख ६२ हजार ९९८ किलोग्राम छुर्पी निर्यात गरेको थियो । 

५ वर्षमा निर्यात भएको छुर्पीको परिमाण (किलोग्राम) र मूल्य (रु. हजार)

आर्थिक वर्ष ०७८/७९ मा आइपुग्दा नेपालको छुर्पी निर्यात पहिलो पटक २ अर्ब रुपैयाँ नाघेको थियो । गत आवमा नेपालले २ अर्ब ९१ करोड १९ लाख ३९ हजार रुपैयाँ बराबरको १७ लाख ४४ हजार ४५१ किलोग्राम छुर्पी निर्यात गरेको थियो ।  विगतको निर्यात वृद्धिदर हेर्दा चालूु आवमा नेपालले कम्तिमा ३ अर्ब रुपैयाँ बराबरको छुर्पी निर्यात गर्न सक्ने देखिन्छ ।

तर, छुर्पीको माग भएपनि दूध अभावमा नेपाली व्यवसायीले पर्याप्त छुर्पी उत्पादन गर्न नसकेको बताउँछन् ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)