ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

चीनमा ईभी कम्पनीहरुबीच मूल्य युद्ध, बीवाईडीले गुमाउनु पर्यो १८ अर्ब डलर

२०७९ फागुन, २२  
यातायात अन्तरराष्ट्रिय
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

पेचिङ (चीन) । चीनमा विद्युतीय सवारी साधन बनाउने कम्पनीहरुबीच अहिले मूल्य युद्धै छेडिएको  । यसको मार कोरोनाको असरबाट चाँडै उब्रिन सक्ने कम्पनीहरुमा समेत पोखिएको छ ।

गएको महीना बीवाईडीले १८ अर्ब डलर गुमाउनुले पनि त्यहाँको अवस्थालाई छर्लङ्ग पारिदिएको छ । फेब्रुअरी १ यता वारेन बफेटले समेत लगानी गरेको सो कम्पनीको शेयर मूल्य न्यूयोर्कमा १४ प्रतिशतले घटेको छ । यो प्रतिस्पर्धी कम्पनी टेस्लाको भन्दा निकै कमजोर प्रर्दशन हो । सो अवधिमा टेस्लाको शेयर मूल्य ९ प्रतिशतले बढेको थियो ।

बहुराष्ट्रिय अटो कम्पनीहरुको शेयर मूल्य सूचक सोही अवधिमा ९ प्रतिशत तल आएको थियो । केही मोडलको विक्री बढाउन कम्पनीले मूल्य कटौती गरेपछि बीवाईडीको सम्भावना के होला भनेर व्यापारीहरुमा चिन्ता बढेको छ ।

माग सुस्ताउन थालेपछि टेस्लाको कदमलाई पछ्याउँदै नियो इंक, एक्सफेङ इंकले पनि मूल्य कटौती गरे । अहिले चिनियाँ ईभी बजारमा व्यापक मूल्य कटौती भइरहेको छ । यस्तोमा थप मूल्य घट्छ कि भन्ने आशामा क्रेताहरुले खरिदारी थाँती राख्ने क्रम बढेको छ ।

यसले सबै कम्पनीहरुको मार्जिनमा झनै नकारात्मक प्रभाव परेको छ । मूल्य युद्धको लाभ कसलाई होला अनि कसलाई चाँहि घाटा होला भन्ने अड्कल बाजी गरेर लगानीकर्ताहरुले घाटा बेहोर्ने सम्भावना भएका कम्पनीको शेयर ‘डम्प’ गर्न थालेका छन् । एजेन्सी

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)