काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग -२ अन्तर्गत अन्तिम त्रिदेशिय श्रृङ्खलाको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई २९८ रनको विशाल लक्ष्य दिएको छ ।
कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पपुवा न्युगिनीले टस जितेर फिल्डिङ रोजेको थियो । टस हारेर ब्याटिङमा आएको नेपालले ४९ दशमलव १ ओभरमा सबै विकेट गुमाएर २९७ रन बनाएपछि पपुवा न्युगिनीले २९८ रनको लक्ष्य पाएको हो ।
नेपालका लागि आसिफ शेखले सतकीय पारी खेल्दै सर्वाधिक ११० रन बनाउँदा भीम शार्कीले ४४ रन बनाए । कुशल भुर्तेलले ४५ रन बनाउँदा कप्तान रोहित पौडेलले ३० रन बनाएका थिए ।
पपुवा न्युगिनीका लागि सेमो कामेयाले सर्वाधिक ५ विकेट लिएभने रिले हेकुरेले ३ विकेट लिए ।
लिगको अन्तिम त्रिदेशिय श्रृङ्खलामा नेपाल, पपुवा न्युगिनी र यूएईले एकअर्का विरुद्ध २/२ खेल खेल्ने छन् । नेपालले बाँकी रहेका सबै खेल जितेमा विश्वकपको ग्लोबल छनौटमा स्थान बनाउँने छ ।