ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

अवैध आयातले कुखरा व्यवसायी चिन्तित

२०७९ फागुन, २६  
१० वर्ष अघि
Tvs Raider NA

भारतबाट अवैध रूपमा हुने गरेको आयात र अन्य जिल्लाबाट पनि कुखुरा भित्रिने क्रम बढेपछि यहाँका कुखुरापालक कृषक चिन्तित देखिएका छन् । चाडपर्वसँगै अरू वस्तुको व्यापार बढिरहेको स्थितिमा कुखुरा विक्री नहुँदा व्यवसाय नै संकटमा परेको लुम्बिनी कुखुरापालक संघका अध्यक्ष रामप्रसाद देवकोटाले बताए । संघका अनुसार रूपन्देहीमा सानाठूला गरी करीब २ हजार कुखुरापालक कृषक छन् । बुटवल र भैरहवामा मात्रै दैनिक ५० क्वीन्टल कुखुराको मासुको माग भए पनि अवैध आयात भएकाले यहाँको कुखुरापालक किसान मर्कामा परेको संघको भनाइ छ ।

कुखुरापालक कृषकले जिल्लामा अन्यत्रबाट कुखुरा ल्याउन नपाउने भए पनि सुरक्षा निकायकै सहयोगमा मासु व्यवसायीले कपिलवस्तु र नवलपरासीबाट कुखुरा भित्र्याएकाले आफूले पालेको कुखुरा विक्री नभएको आरोप लगाएका छन् । संघसँग सम्बद्ध कुखुरापालक इमानसिंह विकले राति कुखुरा भित्रिने गरेको दाबी गरे । उनले भने, ‘त्यसै त घाटा खानुपरेको छ, त्यसमाथि अन्य जिल्लाबाट पनि कुखुरा भित्र्याइदिँदा व्यवसाय नै संकटमा परेको छ ।’ उनले कुखुरापालकको समस्यामाथि सम्बद्ध निकायले चासो नदिएको गुनासो पनि गरे । तर, पक्षीजन्य मासु व्यवसायी उपसमिति रूपन्देहीका अध्यक्ष वीरेन्द्र रानाले भने बाहिरी जिल्लाबाट कुखुरा नभित्रिएको दाबी गरे । उनले जिल्लामै बढी उत्पादन भएकाले कुखुरा समयमा विक्री हुन नसकेको बताए ।

वर्ष ६ अंक ३५, बुधवार, २७ असोज, २०६७

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)