ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

एनसीएचएल र नेफ्स्कूनबीच सम्झौता

२०७९ फागुन, २६  
बजार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल क्लियरिङ हाउस (एनसीएचएल)मा सहकारी क्षेत्र पनि जोडिएको छ । सहकारीको भुक्तानी कारोबारलाई डिजिटलाइज गर्न गराउन एनसीएचएल र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)बीच सहकार्य भएको छ । काठमाडौंमा जारी सीइओ वर्कशपमा दुई पक्षबीच सम्झौता भएको हो ।

सम्झौतामा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधान र नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाशप्रसाद पोखरेलले हस्ताक्षर गरेका छन् । सम्झौतासँगै नेफ्स्कूनले निर्माण गरेको मीरा ईआरपी सफ्टवेयर प्रयोग गर्ने संस्थाका सदस्यहरूले बैंक तथा वित्तीय संस्थामा रकम ट्रान्सफर, बैंक तथा वित्तीय संस्थाबाट सहकारीमा रकम ट्रान्सफर तथा विभिन्न युटिलिटी भुक्तानी गर्न सक्नेछन् ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)