ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

उत्पादक र उपभोक्ताबीचको मूल्य अन्तर

२०७९ फागुन, २६  
टिप्पणी
Jagdamba Supershine Image Not Found

किसानले आफ्ना उत्पादन सस्तोमा विक्री गर्ने तर उपभोक्ताले महँगोमा किन्नु परेको समस्याबारे नेपालमा वर्षौंदेखि चर्चा हुँदै आएको छ । यसैलाई निरन्तरता दिने गरी पुनः दूधको मूल्यमा त्यस्तै भएको छ । सरकारले दूधमा प्रतिलिटर ८ रुपैयाँ ८६ पैसा बढाउने निर्णय गरेलगत्तै व्यवसायीले उपभोक्ता मूल्य प्रतिलिटर १४ रुपैयाँ वृद्धि गरी १०० रुपैयाँ पुर्‍याएका छन् । पक्कै पनि पछिल्लो समय सबैतिर मूल्य वृद्धि भएको छ । किसानले पनि बस्तुभाउको दाना, चोकर, औषधिलगायतको मूल्यवृद्धि भएपछि दूधको मूल्य वृद्धि गरेका होलान् । व्यवसायीको हकमा पनि सोही कुरा लागू हुन्छ । तर, अहिले जसरी दूधको मूल्य वृद्धि गरिएको छ यो सही समय होइन । अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक छैनन् । उपभोक्ताको क्रयशक्ति घटेको छ । तर, यही बेला दूधमा प्रतिलिटर १४ रुपैयाँ बढाइएको छ । किसानले विक्री गर्ने दूधको मूल्य केही वृद्धि हुनु सामान्य मान्न सकिए पनि उपभोक्ता खुद्रा मूल्य प्रतिलिटर १४ रुपैयाँले बढ्नु जायज देखिँदैन ।

सरकारी संयन्त्रले यस्तो बेला विशेष ख्याल गर्नुपर्ने हुन्छ, तर अहिलेसम्म यस्तो मूल्यवृद्धिप्रति चासो देखाएको पाइँदैन । हुन त नेपालमा किसानले उत्पादन गर्ने कृषि उपज र उपभोक्ताले किन्ने मूल्यबीच ठूलो अन्तर दूधमा मात्र छैन । सस्तोमा विक्री हुने  उपजको पनि उपभोक्ताले महँगो मूल्यमा किन्नु परेको उदाहरण थुप्रै छन् । केही दिनअघि मात्र चितवनका किसानले गोलभेडालगायत हरियो तरकारी विक्री नभएर सडकमा फ्याक्नुपर्‍यो । यी सबैको कारण नेपालमा बजारीकरणको व्यवस्था हुन नसकेकाले हो । कृषिलाई पेशा बनाउने हो भने उत्पादन गरेर मात्र हुँदैन, उत्पादित वस्तुले बजार पाउनुपर्छ । कम्तीमा लागतअनुसार त्यस्ता वस्तुको विक्री हुन सक्नुपर्छ । संसारका थुप्रै मुलुकले किसानले उत्पादन गरेका कृषि उपज सीधै खेतबारीबाटै किन्ने संयन्त्रको व्यवस्था मिलाएका हुन्छन् । तर, नेपालमा भने अझैसम्म यस्तो अभ्यास गरिएको छैन । जबसम्म किसानले उत्पादन गरेको वस्तुको विक्री हुने ग्यारेन्टी हुँदैन तबसम्म कृषिक्षेत्रको विकास हुन सक्दैन । यसले गर्दा अहिलेको जस्तो किसानले दूध प्रतिलिटर ६५ रुपैयाँमा विक्री गर्ने तर उपभोक्ताले १०० रुपैयाँ तिर्नुपर्ने समस्या रहिरहन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)