ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

सानिमा मिडिल तमोरको आईपीओ आजदेखि सर्वसाधारणमा विक्री खुला, कस्तो छ कम्पनी ? [ भिडियो विवरणसहित]

२०७९ फागुन, २६  
लगानी
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले आज अर्थात् फागुन २६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा विक्री खुला गरेको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र  वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ विक्री तथा बाँडफाँट गरी दोस्रो चरणमा सर्वसाधारणमा आईपीओ विक्री शुरु गरेको हो । 

कम्पनीले जारी पूँजी रू.३ अर्ब ३३ करोड २५ लाखको १५ प्रतिशत अर्थात् रू. ८९ करोड ९८ लाख ७५ हजार बराबरको ४९ लाख ९८ हजार ७५० कित्ता साधारण शेयर सर्वसाधारणका लागि छुट्याएको थियो ।

कुल कित्तामध्ये १० प्रतिशत अर्थात् ४ लाख ९९ हजार ८७५ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली र ५ प्रतिशत अर्थात् २ लाख ४९ हजार ९३६ कित्ता शेयर सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिसकेको छ । बाँकी ४२ लाख ४८ हजार ९३८ कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याउँदै छ । 

यो आईपीओ खरीदका लागि न्यूनतम १० देखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । फागुन ३० गतेसम्म विक्रीमा रहने आईपीओको लागि सो मितिसम्म मागबमोजिम आवेदन नपरेमा गतेसम्म विक्री अवधि चैत १० गतेसम्म लम्बिने जानकारी दिइएको छ ।

सर्वसाधारणमा आईपीओ जारी हुँदा पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्ने गरेकाले कम्पनीको आईपीओ पनि छिटो अवधिसम्म मात्र विक्रीमा रहने देखिन्छ ।

आईपीओ निष्कासनको लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्युअर रेटिङ प्रदान गरेको छ । 

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीले ताप्लेजुङ जिल्लामा ७३ मेगावाट क्षमताको मध्य तमोर जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यही आयोजना निर्माणका लागि कम्पनीले आईपीओ जारी गर्न लागेको हो । यस आयोजनाको कुल लागत १३ अर्ब ३३ करोड रुपैयाँ रहेको छ ।

आयोजनाको प्रतिमेगावाट लागत १८ करोड २६ लाख रुपैयाँभन्दा बढी हुने अनुमान गरिएको छ । हाल आयोजनाको ७४ प्रतिशत काम सम्पन्न भइसकेको जानकारी कम्पनीले दिएको छ । २०८० साल भदौ २६ गतेदेखि आयोजनाको निर्माण कार्य सम्पन्न गरी व्यापारिक उत्पादन गर्ने लक्ष्य कम्पनीले लिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)