काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले १७औं वार्षिक साधारण सभा चैत २० गते गर्ने भएको छ ।
सभा अम्रापाली ब्याक्वेट थिरबम सडक, बालुवाटारमा बिहान १०ः३० बजे शुरु हुने कम्पनीले जानकारी दिएको हो । सभाले आव २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र चालू आवको लेखापरिक्षण गर्नका लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी सभाले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै सभाले कम्पनीको अधिकृत चुक्ता पूँजी रू. १ अर्ब ५० करोड बाट वृद्धि गरी रू. ३ अर्ब पु¥याउने प्रस्ताव पनि पारित गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले चैत १३ गते एक दिन बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा चैत १२ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनयोग्य हुनेछन् ।