ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सले फागुन २९ गतेबाट एकिकृत कारोबार शुरु गर्ने

२०७९ फागुन, २६  
लगानी
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स एक आपसमा मर्ज भएर फागुन २९ गतेबाट एकीकृत कारोबार सुरु हुने भएको छ । दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न बिमा प्राधिकरणले फागुन १६ गते, कम्पनी रजिष्ट्रार कार्यालयले फागुन १९ गते र धितोपत्र बोर्डले फागुन २३ गते अन्तिम स्वीकृति पाएसँगै एकिकृत कारोबार शुरु गर्न लागेका हुन । दुवै कम्पनीको फागुन ११ गते बसेको साधारण सभाले मर्ज हुने प्रस्ताव पारित गरिसकेको छ । 
 दुवै एक भएपछि अब सगरमाथा लुम्बिनी इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार हुनेछ । मर्ज पछि बन्ने कम्पनीको केन्द्रिय कार्यालय भने का.म.पा वडा–१ नक्सालमा रहने कम्पनीले जानकारी दिएको छ । सगरमाथा र लुम्बिनी  जनरल इन्स्योरेन्स१००ः८०  शेयर अनुपातमा मर्जमा जाने निर्णय गरेका हुन । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)