ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

सुनको मूल्य एकै दिन ८०० रुपैयाँले बढ्यो, कति छ आजको बजार भाउ ?

२०७९ फागुन, २६  
बजार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । साताको अन्तिम दिन स्थानीय बजारमा सुनको मूल्य ८०० रुपैयाँले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार आज सुन तोलाको १ लाख १ हजार ८०० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन अर्थात बिहीवार सुन प्रतितोला १ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो । 

आज चाँदीको मूल्य भने स्थिर छ । महासंघका अनुसार आज चाँदी १ हजार २२० रूपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो । 

अन्तरराष्ट्रिय बजारमा भने आज सुनको मूल्य घट्दो क्रममा छ । आज (नेपाली समय अनुसार बिहान ११:०५ बजे) न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ८२९ दशमलव ५८ डलर पुगेको छ । अघिल्लो कारोबार दिन (बिहीवार) स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ८३१ दशमलव ३७ डलरमा बन्द भएको थियो ।

त्यसैगरी, आज डलरको मूल्य पनि घटेको छ । आज एक अमेरिकी डलरको विक्रीदर १३१ रूपैयाँ ४७ पैसा कायम भएको छ । अघिल्लो दिन‌ एक अमेरिकी डलरको विक्रीदर १३१ रूपैयाँ ६० पैसा थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)