ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

आँधिखोला लघुवित्तको बोनस शेयर वितरण 

२०७९ फागुन, २६  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले ३० प्रतिशत बोनस शेयर वितरण गरेको छ ।

कम्पनीले माघ १३ गते सम्पन्न छैठौं वार्षिक साधारण सभाबाट पारित उक्त बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृतपश्चात् सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरेको हो ।

उक्त सभामार्फत कम्पनीले कर प्रयोजनका लागि १ दशमलव ५८ प्रतिशत नगद लाभांशसमेत वितरण गर्ने निर्णय गरेको थियो । कम्पनीले रू. ११ करोड ९० लाख चुक्तापूँजीको आधारमा लाभांश वितरण गरेको हो ।

साधारण सभा प्रयोजनका लागि माघ ३ गते कम्पनीले बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा माघ २ गतेसम्म कायम शेयरधनीहरूले मात्र लाभांश प्राप्त गरेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)