ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

प्रभु बैंकको लिलामी शेयरमा आवेदन दिने समय अवधि थप

२०७९ फागुन, २६  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । प्रभु बैंक लिमिटेडले लिलामी शेयरमा आवेदन दिने समय अवधि थप गरेको छ ।  कम्पनीले फागुन १२ गते देखि  ४६ लाख ७४ हजार ३९६ कित्ता संस्थापक शेयर लिलामी विक्री खुला गरेको हो । अव आवेदकले चैत ५ गते कार्यालय समयसम्म लिलामी शेयरमा आवेदन दिने सक्नेछन् । 

उक्त शेयर खरीदका लागि कम्पनीका विद्यमान संस्थापक शेयरधनीसहित अन्य इच्छुक व्यक्ति तथा संघसंस्थाले समेत बोलपत्र पेस गर्न सक्ने कम्पनीले जानकारी दिएको छ । शेयरको मूल्य प्रतिकित्ता रू. १२३ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।  

विक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ । आवेदकले काठमाडौं, कमलादी प्रभु क्यापिटल पुग्नेगरी लिलामीको बोलपत्र पेश गर्नुपर्नेछ ।  बोलपत्रमा आफूले खरीद गर्न चाहेको शेयर संख्या र कबोल गरेको रकम उल्लेख गर्नुपर्ने विक्री प्रबन्धकले जानकारी गराएको छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)