ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

आत्मनिर्भर लघुवित्तको आईपीओ आइतवार  बाँडफाँट हुने, कति जनाले पाउँछन् शेयर ?

२०७९ फागुन, २६  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आइतबार  अर्थात फागुन २८ गते बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार आइतबार बिहान ९ः३० बजे आइपीओ बाँडफाँट गर्ने जानकारी दिएको हो ।  कम्पनीकोे आईपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । यसमा मागभन्दा १०४ दशमलव ९० गुणा बढी आवेदन परेको छ । यस आधारमा गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ ।
 
कम्पनीले निष्कासन गरको आईपीओ १६ लाख ९ हजार ५८६ जनाले कुल १ करोड ७८ लाख ८ हजार कित्ताको लागि आवेदन दिएका छन । जसमा १६ हजार ९७५ जनाले मात्र शेयर हात पार्नेछन् । बाँकी १५ लाख ९२ हजार ६११ जनाको भने हात खाली हुनेछ । कम्पनीले फागुन ११ गतेदेखि १५ गतेसम्म २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको २ लाख ३ हजार ३८० कित्ता शेयर निष्कासन गरेको थियो । यसमध्ये १० प्रतिशत अर्थात २० हजार ३३८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गरिसकेको छ ।
 
यस्तै, ३ हजार ११७ कित्ता शेयर कर्मचारीलाई र १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको थियो । बाँकी रहेको १ लाख ६९ हजार ७५५ कित्ता शेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्ने ब्यवस्था थियो । 
 
क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले कम्पनीको आईपीओलाई ‘केयर एनपी बी प्लस’ प्रदान गरेको छ । जसले कम्पनी समयमै वित्तीय दायित्व पूरा गर्ने क्षमता उच्च जोखिम रहेको जाउँछ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)