ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

बरुण हाईड्रोपावरको १९औं वार्षिक साधारण सभा आइतवार हुदै

२०७९ फागुन, २६  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता


काठमाडौं । बरुण हाईड्रोपावर कम्पनी लिमिटेडले १९औं वार्षिक साधारण सभा आइतवार आयोजना गरेको छ । सभा युनियन हाउस अनामनगर काठमाडौंमा बिहान १० बजे शुरु हुने कम्पनीले जानकारी दिएको हो । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षको लेखापरिक्षण गर्नका लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 
त्यस्तै सभाले संस्थापक शेयरधनीहरुबाट ४ जना तथा सर्वसाधारण शेयरधनीको तर्फबाट २ जना को प्रतिनिधित्व हुने गरी सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन १५ गते बुक क्लोज गरेको थियो । यस बुक क्लोजको आधारमा फागुन १४ गते सम्म कायम शेयरधनी साधारण सभामा भाग लिन सक्नेछन् । यस वर्ष कम्पनीले शेयरधनीलाई कुनै पनि लाभांश प्रस्ताव गरेको छैन ।
    
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)