ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

चिनियाँ राष्ट्रपति सिको तेस्रो कार्यकाल शुरु

२०७९ फागुन, २६  
अन्तरराष्ट्रिय
Tvs Raider Image Not Found

काठमाडौं । चीनका राष्ट्रपति सि चिनफिङको तेस्रो कार्यकाल शुरु भएको छ । चीनको नेशनल पिपुल्स कंग्रेस (एनपीसी)ले सिको तेस्रो कार्यकाललाई औपचारिक रुपमा अनुमोदन गरेसँगै उनको तेस्रो कार्यकाल शुरु भएको हो ।

सी अबको पाँच वर्षका लागि राष्ट्रपति बन्ने छन् । योसँगै ६९ वर्षका सी आधुनिक चीनको सबैभन्दा शक्तिशाली नेता बनेका छन् । पाँच वर्षे दुई कार्यकाल पूरा भएर पनि शत्तामा रहिरहने सि सीपीसीका संस्थापक माओ त्सेतुङ पछिको पहिलो नेता हुन् । शुक्रवार एनपीसीमा सर्वसम्मतले सीको नाम अनुमोदिन भएको थियो । 

कम्युनिष्ट पार्टी अफ चाइना (सीपीसी)को अध्यक्ष तथा चिनिँया सैन्य आयोगका अध्यक्षका रुपमा पनि सिको नाम पारित गरेको थियो । नेशनल कंग्रेस अझै केही दिनसम्म चल्छ । यसले नयाँ प्रधानमन्त्री र मन्त्रिपरिषद्का सदस्यको चयन भने गर्न बाँकी छ । सी नै राष्ट्रपतिका रुपमा निरन्तर रहिरहने अनुमान भने व्यापक थियो । सन् २०२२ को अक्टोबरमा सी सीपीसीको नेताको रुपमा पुनः निर्वाचित भएका थिए । 

सी बाहेक पनि एनपीसीले उनको निकट सहयोगी हान चङलाई उपाध्यक्षको रुपमा अनुमोदन गरेको छ । कोभिड विरुद्धको शून्य सहनशिलताको नीतिका कारण बेहोरेको आर्थिक चुनौतीबाट बाहिरिन चिनिँया कंग्रेसको वार्षिक बैठकले विभिन्न योजना पारित गर्ने बताइएको छ ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले सिलाई राष्ट्रपति भनेर सम्बोधन गर्ने भएपनि चीनमा राष्ट्रपतिय व्यवस्था छैन । चिनियाँ कम्युनिष्ट पार्टीको महासचिव र चिनियाँ सैन्य आयोगको अध्यक्षलाई चीनमा सर्वोच्च मान्निछ । यो पदमा आसिन व्यक्तिको हातमा देशको बागडोर हुन्छ । चीनले संविधान १९७५  खारेज गरेर संविधान १९८२ पुनःस्थापित गरेपछि अध्यक्ष पद खारेज भएको थियो । अध्यक्ष (चेयरम्यान)को  अंग्रेजी अनुवाद प्रेसिडेन्ट हो । त्यसैले अध्यक्ष पद खारेज भएपनि राष्ट्रपति जनाउने शब्दको प्रचलन भने नहटेको हो । एजेन्सी

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)