ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

ब्रोकरको शाखा खोल्न ११ कम्पनीले पाए अनुमति, यी २० ठाउँमा खुल्नेछन् नयाँ शाखा

२०७९ फागुन, २६  
समाचार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) ले ११ ब्रोकर कम्पनीलाई २० ठाउँमा शाखा खोल्न अनुमती दिएको छ ।

बोर्डका कार्यकारी निर्देशक एवम् प्रवक्ता मुक्तिनाथ श्रेष्ठले २० ठाउँमा ब्रोकर शाखा विस्तारका लागि अनुमति दिएको बताए । बोर्डले कतिपय ब्रोकर कम्पनीलाई एकभन्दा बढी शाखा खोल्न अनुमति दिएको उनको भनाई छ ।

बोर्डले ब्रोकलाई नयाँ शाखा सञ्चालनका अनुमती दिनकै लागि धितोपत्र दलाल व्यवसायी (ब्रोकर) ले शाखा खोल्ने सम्बन्धी निर्देशिका, २०७९ गत फागुन ४ गतेदेखि लागू गरेको थियो । सोही निर्देशिका बमोजिम बोर्डले नयाँ ब्रोकर शाखा खोल्न अनमति दिएको प्रबक्ता श्रेष्ठको भने । 

बोर्डले भिजन सेक्यूरिटिज प्रालिलाई तीन जिल्लामा तीन शाखा खोल्न अनुमति दिएको छ । भिजन सेक्यूरिटिजले कपिलबस्तु जिल्लाको चन्द्रौटा, ईलाम जिल्लाको ईलाम बजार र कैलाली जिल्लाको टिकापुरमा शाखा खोल्न अनुमति पाएको हो ।

त्यस्तै, कालिका सेक्यूरिटिजले महोत्तरी जिल्लाको बर्दिवासमा, त्रिशक्ति सेक्यूरिटिज पब्लिक लिमिटेडले कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा, निभ सेक्यूरिटिजले सर्लाही जिल्लाको हरिवन र कैलाली जिल्लाको अत्तरियामा शाखा खोल्न अनुमति पाएको हो ।

बोर्डका अनुसार भृकुटी स्टक ब्राकिङ्ग कम्पनी प्रालिलाई पर्सा जिल्लाको बीरगञ्ज, काभ्रे जिल्लाको धुलिखेल, सुर्खेत जिल्लाको सुर्खेत, महोत्तरी जिल्लाको बर्दिबास, म्याग्दी जिल्लाको बेनी र दोलखा जिल्लाको चरिकोटमा शाखा खोल्न अनुमति दिइएको छ ।

त्यसैगरि ईम्पेरियल सेक्यूरिटिज कम्पनीलाई धादिङ्ग जिल्लाको धादिङ्ग बेशीमा , थ्राईभ ब्रोकरेज हाउसलाई तनहुँ जिल्लाको दमौलीमा , सुन्धरा सेक्यूरिटिजलाई बारा जिल्लाको सिमरा र चितवन जिल्लाको पर्सामा, क्रियटिभ सेक्यूरिजलाई पाल्पा जिल्लाको तानसेनमा , आशुतोष सेक्यूरिटिजलाई सिराह जिल्लाको मिरचैयामा र मिडास स्टक ब्रोकिङ्ग कम्पनीलाई गोरखा जिल्लाको गोरखा बजारमा बोर्डले शाखा खोल्न अनुमति दिएको हो ।

हाल ५० ओटा ब्रोकर कम्पनीहरूले धितोपत्र बजारमा मध्यस्थकर्ताको रुपमा सेवा प्रवाह गरिरहेका छन् । राजधानी केन्द्रित रहेको ब्रोकर सेवा शाखा विस्तार गरी देशव्यापी रुपमा फैल्याउने योजना ब्रोकरहरूको समेत रहेको छ । शाखा कार्यालय खोल्न चाहने ब्रोकरको नेटवर्थ चुक्तापूँजीभन्दा बढी हुनुपर्ने व्यवस्था छ ।

शाखा कार्यालय खोल्दा प्रति शाखा रू. १ करोड ५० लाखका दरले चुक्तापूँजी कायम गर्नुपर्नेछ । हाल शाखा कार्यालय खोल्न चुक्तापूँजी कायम नभएको अवस्थामा निर्देशिका लागूू भएको मितिले ६ महिनाभित्र पूँजी कायम गर्न सकिने व्यवस्था निर्देशिकामा गरिएको छ ।

बोर्डबाट स्वीकृति पाएको तीन महिनाभित्र शाखा कार्यालय खोली सञ्चालनमा ल्याुउनुपर्ने व्यवस्था समेत बोर्डले गरेको छ । शाखा कार्यालय सञ्चालन गर्नुपूर्व कम्तिमा सात दिन अघि बोर्डलाई जानकारी समेत गराउनुपर्नेछ ।

ब्रोकरले शाखा सञ्चालन गर्नुपूर्व बोर्डले आवश्यक देखेको खण्डमा शाखा कार्यालयको पूूर्वाधार निरीक्षण समेत गर्न सक्नेछ । बोर्डले निरिक्षण गर्दा रितपूर्वक पूर्वाधार तयार गरेको नदेखिएमा बढीमा पन्ध्र दिनको समय दिई पूर्वाधार पूर्ण रुपमा तयार गर्न निर्देशन दिन सक्ने व्यवस्था गरिएको छ । बोर्डले रितपूर्वक पूर्वाधार तयार नगर्ने ब्रोकलाई शाखा कार्यालय खोल्न दिएको स्वीकृति रद्द पनि गर्न सक्नेछ ।

बोर्डबाट स्वीकृति रद्द भएको मितिले एक वर्षसम्म शाखा कार्यालय खोल्न पुनः निवेदन दिन पाइनेछैन् ।  यदि ब्रोकरले शाखा कार्यालय स्थानान्तरण गर्नु परेमा बोर्डलाई जानकारी गराई जुन जिल्लामा शाखा कार्यालय खोल्न स्वीकृति प्राप्त गरेको हो सोही जिल्लाभित्र साविकको पूर्वाधार कायम राखी शाखा स्थानान्तरण गर्न सक्नेछ । 

शाखा कार्यालयका लागि तयार गर्नुपर्ने न्यूनतम पूर्वाधार:
१. शाखा कार्यालयको क्षेत्रफल प्रत्येकमा कम्तिमा पाँच सय वर्गफिट हुनुपर्ने 
२. शाखा कार्यालयमा कम्तिमा वाणिज्यशास्त्र, अर्थशास्त्र, व्यवस्थापन, कानून विषयमा स्नातक वा चार्टर्ड एकाउन्टेन्सी गरेको व्यक्ति प्रमुख र परिचालन (कम्प्लाइन्स) अधिकृत तथा सूचना प्रविधि सहित कम्तीमा तीन जना कर्मचारी हुनुपर्ने ।
३. शाखा कार्यालयबाट हुने कारोबार मुख्य कार्यालयमार्फत हुने व्यवस्था गर्नुपर्ने ।
४. कम्तिमा दुई थान कम्प्युटर र त्यसका लागि पावर व्याकअप भएको हुनुपर्ने ।
५. शाखा कार्यालयको कारोबार गर्ने कम्प्यूटरमा कम्तीमा डेडिकेटेड इन्टरनेट कनेक्टीभिटिको प्रयोग भएको हुनुपर्ने ।
६. कारोबार कक्ष तथा डिस्प्ले कक्ष छुट्टा छ्ट्टै हुनुपर्ने ।
७.टेलिफोन , फ्याक्स, इमेल, इन्टरनेट तथा सिसीटिभि जस्ता पूर्वाधारको व्यवस्था भएको हुनुपर्ने ।
८.कार्यालयको लागि आवश्यक पर्ने फर्निचर, फिक्सचर्स तथा कार्यालय सामग्रीहरूको यथोचित व्यवस्था भएको हुनुपर्ने । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)