ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

भारतीय शेयर बजारमा हाहाकार, एशियन बजार पनि राताम्मे

२०७९ फागुन, २६  
अन्तरराष्ट्रिय
Tvs Raider Image Not Found
फाइल फोटो

काठमाडौं । शुक्रबार भारतीय शेयर बजार राताम्मे बनेको छ । अघिल्लो दिनको कारोबामा अमेरिकी शेयर बजारमा आएको तीव्र कमीको प्रभाव एशियाका बजारमा पर्दा भारतीय बजारमा समेत हाहाकार देखिएको हो । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर ५० आधार बिन्दुले बढाउने अनुमानले पनि बजारमा दबाब बढाएको हो । 
शुरुआती कारोबारमै प्रमुख शेयर परिसूचक सेन्सेक्स ७२४ दशमलव ५४ अंकले घटेर ५९ हजार ८१ दशमलव ७४ अंकमा आएको थियो ।  बजार बन्द हुँदा कमी केही घटेर ६७१ अंकमा झरेको थियो । बैंकका शेयर मूल्यमा आएको कमीले पनि लगानीकर्ताको मनोबल घटाएको विश्लेषण गरिएको छ ।

शुरुआती कारोबारमा १९५ अंकले घटेको निफ्टी बजार बन्द हुँदा १७७ अंकले घटेर १७ हजार ४५० मा समेटियो । ऊर्जा क्षेत्रको शेयरमा हरियाली देखिएपनि, बैंक, खुद्रा, पूँजीगत वस्तु र सरकारी बैंकहरुको शेयर भने रातोमा आए ।

अघिल्लो दिनको कारोबारमा पनि सेन्सेक्स ५४२ अंकले घटेको थियो भने निफ्टीमा १६५ अंकको कमी आएको थियो ।  शुक्रबारको कारोबारमा निफ्टीमा सबैभन्दा धेरै गुमाउनेमा अदानी इन्टरप्राइजेज, हिन्डाल्को, टेक महिन्द्रा, आईसीआईसीआई र एक्सिस बैंक थिए ।

निफ्टीमा सबैभन्दा धेरै भने टाटा मोटर्स, ब्रिटानिया र बजार अटोले कमाए । हालैका दिनमा रिकभरी मोडमा देखिएका भारतीय अर्बपति व्यापारी गौतम अदानीको कम्पनीहरुको शेयरमा शुक्रबार व्यापक कमी आए ।

एशियाका अन्य बजारको कुरा गर्नु पर्दा शुक्रबार अधिकांश बजार राताम्मे थिए । बजार बन्द हुँदा जापानमा निक्केई २२५ परिसूचक १ दशमलव ७ प्रतिशतले घटेको थियो । चीनमा साङहाई कम्पोजिट इन्डेक्स १ दशमलव ४२ प्रतिशतले घट्दा हङकङमा हाङशेङ ३ दशमलव १४ प्रतिशतले घट्यो ।

एशियामा हङकङ सबैभन्दा धेरै गुमाउने बजार बन्यो । सिंगापुर देखि इन्डोनेशिया अनि दक्षिण कोरिया देखि थाइल्यान्डसम्म अन्य सबै प्रमुख बजार पनि रातोमा आएर बन्द भए । यूरोपमा क्यानडा, बेलायत र जर्मनी तीन ओटैमा शेयर बजार रातोमा थिए । एजेन्सी

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)