काठमाडौं । निजी क्षेत्रको अगुवा संस्था नेपाल उद्योग वणिज्य महासंघले आफ्नो निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । जसअनुसार आगामी चैत २८ र २९ गते साधारणसभा र निर्वाचन हुनेछ।
कार्यतालिकाअनुसार आगामी चैत २८ गते होटल याक एण्ड यतीमा साधारणसभा हुनेछ भने चैत २९ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा निर्वाचन हुनेछ । महासंघको निर्वाचनमा उम्मेदवार बन्नका लागि चैत २१ गते साँझ ५ बजेसम्म मनोनयन दर्ता गराउनु पर्नेछ ।
उम्मेदवारी र मनोनयन अनलाइनबाट समेत दर्ता गराउन सकिने महासंघले बताएको छ । अनलाइन दर्ता गराएको ३ दिनभित्र सक्कल कागजात उपलब्ध गराउनु पर्ने महासंघले आफ्नो वेबसाइटमा राखेको सूचनामा उल्लेख छ । महासंघमा वरिष्ठ उपाध्यक्षसहित अन्य पदाधिकारी र कार्याकारणी समितिका सदस्या पदहरुमा निर्वाचन हुनेछ । जसअनुसार वरिष्ठ उपाध्यक्षको लागि मनोनयन शुल्क ५ लाख रुपैयाँ, उपाध्यक्षका लागि ३ लाख रुपैयाँ र कार्यकारिणी सदस्यका लागि ७५ हजार रुपैयाँ तोकिएको छ ।