ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

‘दशैं सहयोग’ आतंक

२०७९ फागुन, २८  
१० वर्ष अघि
Tvs Raider NA

दशैंको शुरुवात अघिदेखि नै उद्योगी–व्यवसायीका दिन हैरानीमा बितिरहेका छन् । सहयोग भन्दै ठूलै रकम मागका धम्कीयुक्त पत्र र टेलिफोन आउन थालेपछि उनीहरूले दशैं आउनुको खुसी अनुभूति गर्न पाएका छैनन् । जब टेलिफोनको घण्टी बज्न थाल्छ, उनीहरूको छटपटी शुरू हुन्छ । त्यसैले हिजोआज धेरै उद्योगी–व्यवसायीको मोबाइल स्वीच अफ छन् । कार्यालयमा उनीहरू भेटिँदैनन् । हत्तपत्त उद्योगी–व्यवसायीलाई सम्पर्कमा ल्याउन गाह्रो भएको छ । एक प्रतिष्ठित औद्योगिक समूहका कार्यकारी प्रमुखले भने, ‘दशैं–तिहार अवधिभर नचिनेको मान्छेको सम्पर्कबाट टाढा बस्नुको विकल्प छैन ।’

यसरी आउने धम्कीयुक्त सहयोग अनुरोधमा धेरैजसो राजनीतिक दल र यिनीहरूका भ्रातृ संगठन नै हुने गरेको एक व्यवसायीले बताए ।

देशैभर जबर्जस्ती सहयोग माग्ने स्थानीय क्लब, संघसंस्था एवम् मर्यादाहीन शैलीमा विज्ञापन माग्ने पत्रिकाको लर्कोबाट जोगिन व्यवसायीहरूलाई हम्मेहम्मे परिरहेको छ । ठूला व्यावसायिक घराना तथा चल्तापुर्जा उद्योगी मात्रै होइनन्, साना उद्योगी–व्यवसायीसमेत यो प्रवृत्तिको शिकार छन् । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष सुरेन्द्रवीर मालाकारले भने, ‘फोनमार्फत जिल्लाका र उपत्यकाका व्यवसायीहरूलाई लाखौं रकम मागसहितको धम्की आइरहेको छ ।’ उनले वर्षौंदेखि  यो क्रम चले पनि अहिले अझ बढेको बताए । राज्यविहीनताले दण्डहीनता बढेका कारण असुरक्षा बढ्दै गएको मालाकारको आरोप छ ।

वर्ष ६, अंक ३६, बिहीवार, २८ असोज २०६७

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)