ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

चितवनका होटलको अनुगमन

२०७९ फागुन, २८  
बागमती प्रदेश
Tvs Raider NA
author avatar अभियान संवाददाता

चितवन । चितवनमा राजमार्ग नजिक रहेका होटलमा शुक्रवार राति संयुक्त अनुगमन गरिएको छ । रामनगर र जुगेडीका होटलमा यात्रुलाई न्यून गुणस्तरको खाना खुवाएको गुनासो आएपछि अनुगमन गरिएको हो । जिल्ला प्रशासन, खाद्य, प्रहरी, होटल व्यवसायी र पत्रकारको संयुक्त टोलीले अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा अधिकांश होटलमा आवश्यक सरसफाइ नगरेको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले जानकारी दिए । टोलीले जुगेडीको होटल ‘नमस्ते नेपाल’मा म्याद सकिएको पेयपदार्थ फेला पारेको छ । सरसफाइ कायम नभएको र घरेलु तथा साना उद्योगमा दर्ता भएको प्रमाणपत्रको नवीकरणसमेत नभएको पाइएपछि उक्त होटललाई प्रशासन कार्यालयमा उपस्थितिका लागि निर्देशन दिइएको छ । श्रीनगर होटल एण्ड रेष्टुरेन्टले विक्रीमा राखेको खान अयोग्य मासु नष्ट गरिएको छ । यो होटलमा  खानाको मूल्यसमेत अत्यधिक लिएको पाइएको सहायक प्रजिअ शर्माले बताए ।

त्यस्तै, रामनगरको ‘मिलिजुली होटल’मा बासी खाना खुवाइएको पाइएको छ । त्यस क्षेत्रका होटलहरूमा गाडी ल्याएर रोकेबापत होटल सञ्चालकले गाडी चालक र कर्मचारीलाई हरेकपटक खाना र निश्चित रकम दिने गरेको पाइएको छ । यात्रु तथा सेवाग्राहीको स्वास्थ्यमाथि खेलवाड तथा मूल्यमा ठगी गर्ने त्यस्ता होटल सञ्चालकलाई कानूनबमोजिम कारबाही गरिने प्रजिअ शर्माको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)