काठमाडौं । समृद्धि फाइनान्सले हेटौंडा र चितवन शाखामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ‘रक्तदान जीवन दान’ भन्ने मान्यतालाई आत्मसात् गर्दै शुक्रवार हेटौंडा र शनिवार चितवनमा कार्यक्रमको आयोजना गरिएको संस्थाको भनाइ छ । फागुन १८ गतेदेखि शुरू गरिएको रक्तदान अभियान आइतवार (आज) बुटवल शाखामा पुगेर टुंग्याउने संस्थाले जानकारी दिएको छ ।
आठओटा शाखामार्फत आरटीजीएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिट्यान्स, क्लियरिङ, मोबाइल बैंकिङ, डेबिट कार्ड, क्यूआर कोड लगायत सुविधा दिँदै आएको संस्थाको भनाइ छ ।