काठमाडौं । लघुवित्त बचाउन महिलाहरूले विराटनगरमा शान्तिपूर्ण र्याली गरेका छन् । लघुवित्तले पुर्याएको सकारात्मक सहयोग तथा ग्रामीण क्षेत्रमा वित्तीय पहुँचलाई कायम राख्न हालै र्याली गरिएको उनीहरूको भनाइ छ । विराटनगर हाटखोलामा भेला भएर विराटनगर नगरक्षेत्रभित्र देवकोटा चोक, सिद्धार्थ चोक, हनुमान मन्दिर, अतिथि सदन, गोल्छा चोक, जिल्ला प्रशासन कार्यालय हुँदै पुन: हाटखोलमा आई र्याली कोण सभामा परिणत भएको थियो । कार्यक्रममा महिलाले लघुवित्तले सिकाएको शीपले आफ्नो जीवन चलाएको र उद्यमी बनेको बताउँदै यसको संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए । विभिन्न लघुवित्त वित्तीय संस्थामा आबद्ध सेवाग्राही सदस्य शान्तिपूर्ण र्यालीमा सहभागी थिए ।