ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

सुजुकीको ग्राण्ड भिटारा र ब्रेजा सार्वजनिक

२०७९ फागुन, २८  
बजार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

चितवन । नेपालका लागि सुजुकी ब्राण्डको चारपांग्रे सवारीसाधनको आधिकारिक वितरक सिजी मोटोकर्प तथा सिजी एनेक्सटीजेनले दुई नयाँ एसयूभी सार्वजनिक गरेको छ । कम्पनीले ग्राण्ड भिटारा र नयाँ ब्रेजा नामका गाडी शुक्रवार एक कार्यक्रमको आयोजना गरी चितवनको भरतपुरमा सार्वजनिक गरेको हो । कार्यक्रममा सादभी इन्टरनेशनलका प्रबन्ध निर्देशक सुरजराज जोशी, निर्देशक कैलाश घिमिरे, कम्पनी प्रतिनिधि तुफान शाही, गोपाल शाही लगायतको उपस्थिति थियो ।

कम्पनी प्रतिनिधि शाहीले यी गाडी चितवन आसपासका जिल्लालाई लक्षित गरी सार्वजनिक गरिएको बताए । ब्रेजाको बजार मूल्य ४१ लाख ९९ हजारदेखि ५३ लाख २९ हजारसम्म र ग्राण्ड भिटाराको बजार मूल्य ६० लाख ९९ हजारदेखि ८५ लाख २९ हजारसम्म रहेको कम्पनीले जानकारी दिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)