काठमाडौं । कृषिमा आत्मनिर्भरताको पहिलो खुड्किलो मानिएको कृषि औजारमा समेत नेपाल परनिर्भर छ । नेपाललाई कृषि औजारमा आत्मनिर्भर बनाउने हेतुले स्थापित कृषि औजार कारखाना बन्द भएपछि र निजीक्षेत्र समेत यस्ता उद्योगमा आकर्षित भएनन् ।
सोहीकारण नेपालमा कृषि औजारको आयात बढेको हो । आर्थिक वर्ष २०२१/२२ मा रू. ११ करोड ६९ लाख बराबरका हलो र डिस्क ह्यारो आयात भएका छन् ।