ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

आत्मनिर्भर लघुवित्तको आईपीओ बाँडफाँट, बढी पाउनेले ११ कित्तासम्म पाए 

२०७९ फागुन, २८  
लगानी
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणलाई विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडले आज आइतवार आईपीओ बाँडफाँट सम्पन्न भएको जानकारी दिएको हो ।

कम्पनीले सर्वसाधारणका लागि फागुन ११ गतेदेखि  १५ गतेसम्म आईपिओ विक्री गरेको थियो । तोकिएको अवधिभित्र कुल १५ लाख ३८ हजार ४६६ जनाले १ करोड ६८ लाख १३ लाख १८० कित्ता शेयर खरीद माग गर्दै आवेदन दिएको विक्री प्रबन्धकको भनाइ छ । मागभन्दा बढी आवेदन पर्न आएकाले गोलाप्रथाको माध्यमबाट आईपीओ बाँडफाँट गरिएको हो । 

विक्री प्रबन्धकका अनुसार आईपीओ खरीदका लागि आवेदन दिएका कुल आवेदकहरूमध्ये २ हजार २०३ जनाको आवेदन रीतपूर्वक नभएको भन्दै रद्द गरिएको छ । यीबाहेक योग्य १५ लाख ३६ हजार २६३ जना आवेदकलाई आईपीओ बाँडफाँटमा सहभागी गराइएको हो ।

योग्य आवेदकहरूलाई बाँडफाँटमा सहभागी गराइएकोमा १६ हजार ९७६ जनाले मात्र शेयर प्राप्त गरेका छन् । पहिलो चरणमा १६ हजार ९७६ जनालाई १० कित्ताका दरले शेयर बाँडफाँट गरी बाँकी रहेको ५ कित्ता शेयर पाँच जनालाई थप एक कित्ताका दरले ११ कित्ता शेयर बाँडफाँट गरिएको विक्री प्रबन्धकको भनाइ छ ।

कम्पनीले आफ्नो जारी पूँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२ दशमलव ६२५ प्रतिशतले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २ लाख ३ हजार ३८० कित्ता शेयर सर्वसाधारणमा विक्री गर्न अनुमति पाएको थियो ।

वैदेशिक रोजगारीमा गएका नेपाली कामदारमा २० हजार ३३८ कित्ता आईपीओ बाँडफाँट गरेको कम्पनीले ३ हजार ११७ कित्ता शेयर कर्मचारीहरू र १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ । यीबाहेक बाँकी १ लाख ६९ हजार ७५५ कित्ता शेयर भने सार्वजनिक निष्कासनमार्फत विक्री गरेको थियो । 

हाल कम्पनीमा संस्थापकतर्फबाट चुक्ता भएको पूँजी ४ करोड २० लाख रूपैयाँ रहेको छ । सर्वसाधारणमा आईपीओ जारीपश्चात् कम्पनीको चुक्तापूँजी ६ करोड २३ लाख ३८ हजार रूपैयाँ पुगेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)