ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

माया खोला हाईड्रोपावरको शेयर रजिष्ट्रारमा सिटिजन्स क्यापिटल नियुक्त

२०७९ फागुन, २८  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडको विक्री प्रबन्धकमा सिटिजन्स् क्यापिटल लिमिटेड नियुक्त भएको छ ।

कम्पनीले धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगाएतका शेयरधनीहरूको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्य गर्न सिटिजन्स् क्यापिटललाई विक्री प्रबन्धक नियुक्त गरेको हो । कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गरी माघ २६ गते बाँडफाँट गरेको थियो ।

यस कम्पनीले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा १४ दशमलव ९ मेगावाट क्षमताको माया खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस आयोजनाबाट फागुनको पहिलो हप्तादेखि व्यापारिक उत्पादन सुरु गर्ने लक्ष्य कम्पनीको छ ।

हाल आयोजनाको ९९ प्रतिशत निर्माण कार्य सम्पन्न भएको भनाइ कम्पनीको छ । यस आयोजनाको कुल निर्माण लागत ३ अर्ब रूपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २० करोड १३ लाख रूपैयाँ रहेको छ । 

यस कम्पनीको अधिकृत पूँजी १ अर्ब रूपैयाँ रहेको छ भने जारी पूँजी पनि १ अर्ब रूपैयाँनै रहेको छ ।

हाल संस्थापक तर्फबाट चुक्ताभएको पूँजी ६६ करोड कायम रहेको छ । कम्पनीमा संस्थापक तर्फ कुल जारी पूँजीको ६६ प्रतिशत शेयर स्वामित्व कायम रहेको हो । कम्पनीले सर्वसाधारणमा जारी गरेको कुल ३४ प्रतिशत शेयरमध्ये आयोजना प्रभावित स्थानीयमा १० प्रतिशत र वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार, कर्मचारी र सामूहिक लगानीकोष समेत सर्वसाधारणमा २४ प्रतिशत शेयर स्वामित्व रहेको छ ।

सर्वसाधारणमा सम्पूर्ण कित्ता शेयर बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी १ अर्ब कायम भएको छ । अब कम्पनीको शेयर दोस्रो बजारमा सूचीकरणका लागि प्रक्रिया अघि बढ्नेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)