ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

मुस्ताङमा पर्यटकको चहलपहल बढ्यो,   सबैभन्दा धेरै भारतीय पर्यटक

२०७९ फागुन, २८  
समाचार
Jagdamba Supershine Image Not Found

म्याग्दी । बसन्त ऋतुको आगमनसँगै मुस्ताङमा पर्यटकको चहलपहल बढेको छ । म्याग्दी हुँदै सडकमार्ग भएर मुस्ताङ जाने र फर्कने पर्यटकको बेनी–जोमसोम सडकमा चाप बढेको हो ।

मुक्तिनाथ मन्दिर, कागबेनी, कोरला नाका, लोमान्थाङ, जोमसोम, ढुम्वा ताल, ठिनी, लेतेलगायत ठाउँमा पर्यटकको घुइँचो लागेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को जोमसोमस्थित कार्यालय प्रमुख अशोक सुवेदीले आन्तरिक पर्यटकको चाप बढेको र विदेशी पर्यटक पनि मुस्ताङ घुम्न आउन थालेको जानकारी दिए।     

'सडक र हवाईमार्ग भएर मुस्ताङ घुम्न आएका आन्तरिक पर्यटकका कारण चहलपहल बढेको छ,' उनले भने 'थोराङ्ला, उपल्लो मुस्ताङ र जोमसोम आसपासका क्षेत्रमा पनि विदेशी पर्यटकको चहलपहल बढेको छ ।' सन् २०२३ को मार्च महिनाभित्र ११ दिनको अवधिमा १ हजार ८ सय ४४ विदेशी पर्यटक मुस्ताङ भित्रिएका एक्पाप जोमसोम शाखाले जनाएको छ ।

अङ्ग्रेजी वर्ष २०२३ शुरू भएयता ३ हजार ६ सय ६९ विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन् । जनवरीमा १३१ र फेब्रुअरीमा १ हजार ६ सय ९९ पर्यटक आएका थिए । सन् २०२२ मा ४८ देशका ६५ हजार ९४० जनाले मुस्ताङ भ्रमण गरेकामा ४६ हजार ७२४ जना सार्क र १९ हजार २०६ छ जना तेस्रो मुलुकका थिए ।

सार्क राष्ट्रकामध्ये धेरै पर्यटक भारतीयका हुन् । म्याग्दी भएर दैनिक ५० वटा बस र १५० जीप (पर्यटक सवारीसाधन) बाट मुस्ताङ भित्रने गरेका जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । अनुकुल मौसम, सडक यातायात र होटलको सहजतासँगै मुस्ताङमा पर्यटकको आगमन बढेको होटल व्यवसायी सम्झना थकालीले बताइन् ।

विदेशीको तुलनामा स्वदेशी पर्यटक बढी छन् । आमा समूह, वन समूह, क्लब, सहकारी संस्था र शैक्षिक संस्थाबाट पनि समूह बनाएर भ्रमणमा आएका छन् । चीनको सिमानास्थित कोरला नाकासम्म सडक पुगेको छ ।

यातायातको सहज पहुँचसँगै यात्राको खर्च घटेको र समय छोटिएको छ । मुस्ताङ जाने र फर्कने पर्यटकको चाप बढेपछि म्याग्दीका व्यवसायीलाई पनि राहत मिलेको होटल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घका जिल्लाअध्यक्ष बाबुराम आचार्यले बताए । बेनी, गलेश्वर, भुरुङ तातोपानी, पोखरेबगर, दाना क्षेत्रका होटल पाहुनाले भरिन थालेका छन् । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)