ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

७ महीनामा झण्डै ७ खर्ब रेमिट्यान्स भित्रियो, वैदेशिक रोजगारीमा जाने ५७ प्रतिशतले बढे

२०७९ फागुन, २८  
समाचार
Tvs Raider Image Not Found

काठमाडौं । नेपालमा चालू आर्थिक वर्षको ७ महीनामा रेमिट्यान्स आय २७.१ प्रतिशतले बढेको छ । यो अवधीमा नेपालले ६ खर्ब ८९ अर्ब ८८ करोड रेमिट्यान्स भित्राएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.४ प्रतिशतले घटेको थियो । 

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.४ प्रतिशतले वृद्धि भई ५ अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.३ प्रतिशतले घटेको थियो । सो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५७.३ प्रतिशतले बढेको छ ।

यो ७ महीनामा ३ लाख १४ हजार ७६७ जनाले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएको छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)