ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

कृषि विकास बैंक र स्वरोजगार लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन सोमवार

२०७९ फागुन, २८  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । कृषि विकास बैंक र स्वरोजगार लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन भोलि सोमवार रहेको छ । यी दुवै कम्पनीले फागुन ३० गते बुक क्लोज गरेकाले भोलि सोमवार अर्थात् फागुन २९ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् । 

कृषि विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ११ प्रतिशत नगद लाभांश (करसहित) र २ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

त्यस्तै सभाले अग्राधिकार शेयरधनीलाई ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले चैत १४ गते बोलाएको साधारण सभामा उक्त प्रस्ताव प्रस्तुत गर्नेछ । सभा कृषि विकास बैंक लिमिटेडको केन्द्रीय तालीम प्रतिष्ठान बोडे भक्तपुरमा हुने जानकारी कम्पनीले दिएको हो । 

त्यस्तै स्वरोजगार लघुवित्तले गत आवको मुनाफाबाट शेयरधनीलाई २२ प्रतिशत बोनस शेयर र करसहित १ दशमलव १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले चैत ११ गते आयोजना गरेको साधारण सभामा यो प्रस्ताव प्रस्तुत गरिनेछ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान ११ः३० बजे शुरू हुने कम्पनीले जानकारी दिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)