ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

बैंक तथा वित्तीय समस्या संघर्ष समितिको माइतीघरमा विरोध प्रदर्शन

२०७९ फागुन, २८  
समाचार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । बैंक तथा वित्तीय समस्या संघर्ष समितिले आइतवार माइतीघरमा विरोध प्रदर्शन गरेको छ । बैंक तथा वित्तीय समस्या संघर्ष समिति (नेपाल) ले बैंक तथा वित्तीय समस्या समाधानार्थ सरकार, नियमन निकाय र बैंक तथा वित्तीय संस्थाहरूको ध्यानाकर्षणका लगि प्रदर्शन गरिएको बताइएको छ ।

देशमा भएको बैंक तथा वित्तीय समस्याहरू ब्याजमा अप्राकृतिक वृद्धि, लगानी योग्य पूँजी र तरलताको अभाव, बैंकहरूको मनपरी आधार दर, आधार दरमा मनपरी प्रिमियम दर थप गर्ने बैंकको गलत अभ्यास, आयातमा अवरोध, अव्यावहारिक चालुपूँजी कर्जा मार्ग निर्देशिका आदि समस्या समाधानका लागि सरकार, नियमन निकाय र बैंक तथा वित्तीय संस्थाहरूको ध्यानाकर्षण गर्ने, भेट गर्ने कार्यबाट कुनै परिणाम नआएपछि देश भरका उद्योगी व्यवसायी संस्थाहरू सामूहिक (नेपाल विद्युतीय व्यवसायी महासंघ समेत) रुपमा समस्या समाधानका लागि बैंक तथा वित्तीय समस्या संघर्ष समिति (नेपाल) गठन गरी सडक आन्दोलन हुँदै आएको छ ।

समितिले फाल्गुन २८ गते आइतबार बिहान ११:०० बजे माइतीघर मण्डला, काठमाडौँमा मुकुलभरिका उद्योगी/ व्यवसायीहरूको बृहत बिरोध कार्यक्रममा गरिने नेपाल विद्युतीय व्यवसायी महासंघको महासचिव  गोपाल अग्रवालले जानकारी दिए ।

तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)