ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

माघमा ७.८८ प्रतिशत पुग्यो महँगी, सबैभन्दा धेरै काठमाडौंमा, पहाडी जिल्लामा सबैभन्दा कम

२०७९ फागुन, २८  
समाचार उपभोक्ता
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । माघ महीनामा वार्षिक बिन्दुगत उपभोक्ता महँगी ७.८८ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

अघिल्लो वर्षको सोही महीनामा यस्तो महँगी ६.२४ प्रतिशत रहेको थियो । यो  महीनामा खाद्य तथा पेय पदार्थ समूहको महँगी ६.१९ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको महँगी ९.२२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

बैंकका अनुसार गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायात उपसमूहको मूल्य सूचकाङ्क १५.५८ प्रतिशत, स्वास्थ्यको १०.३९ प्रतिशत, घरायसी उपयोगका वस्तुहरूको ९.७८ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणहरूको ९.०० प्रतिशत र मनोरञ्जन तथा संस्कृतिको ८.८१ प्रतिशतले बढेको छ ।

समीक्षा महीनामा काठमाडौं उपत्यकामा ८.४७ प्रतिशत, तराईमा ७.८२ प्रतिशत, पहाडमा ७.३० प्रतिशत र हिमालमा ७.९२ प्रतिशत महँगी रहेको छ । २०७८ माघ महीनामा यी क्षेत्रहरूमा क्रमशः ५.४७ प्रतिशत, ६.५० प्रतिशत, ६.७१ प्रतिशत र ५.९७ प्रतिशत महँगी रहेको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)